काठमाडौं। दमौली–भरतपुर प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजनाको विद्युत प्रवाह हुने दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य ७३ प्रतिशत पूरा भएको हो।
यो प्रसारण लाइन २०८१ पुस ४ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको आयोजनाले जनाएको छ।
केइसी इन्टरनेसनल, भारतले दमौलीदेखि चितवनको भरतपुरसम्म ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ ।
प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त नहुँदा सम्झौता म्याद थप गरिएको छ ।