काठमाडौं। अरुण–३ जलविद्युत् आयोजनका लागि अधिग्रहण गरिने थप जग्गाको मुआब्जा निर्धारण गरिएको छ। संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको आयोजनका लागि अधिग्रहण गरिने थप जग्गाको मुआब्जा निर्धारण भएको हो।
जग्गाको मुआब्जा निर्धारण भएको र मुआब्जा लिन आउन सम्बन्धित जग्गाधनीहरूलाई आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।
जिप्रका संखुवासभाले आयोजनाका लागि आवश्यक मकालु गाउँपालिका–३ मा पर्ने उवा गाउँ तथा नयाँ बस्तीका जग्गाधनीलाई मुआब्जा बुझ्न आग्रह गरेको छ ।
आयोजनाको स्थलगत सूक्ष्म अध्ययन प्रतिवेदनमा आधारित भएर अधिग्रहण गरिने जग्गामा परेका घरगोठ टहरा तथा रुख विरुवासमेतको मुआब्जा वैशाख १३ गते बसेको बैठकले निर्धारण गरिएको थियो ।
निर्धारित मुआब्जा दरअनुसार साविक पाथिभरा गाविस–४ नयाँ बस्तीमा प्रतिरोपनी ८ लाख रुपैयाँ र पाथिभरा ३ का खेतको प्रतिरोपनी ८ लाख रुपैयाँ र बारीको प्रतिरोपनी ७ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।