काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निर्माण सामग्री सम्बन्धी विधेयकमा झण्डै ४ सय वटा संशोधन परेको बताएका छन्। सभापति खतिवडाले शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन्।
उनले निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको समेत जानकारी गराए।
उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै विरोध नरहने बताएका छन् ।
सभापति खतिवडाले कांग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा सकारात्मक रहेको बताए । उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएको पनि बताए । उनले विधेयक गम्भीर रहेकाले शीर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताए ।
सभापति खतिवडाले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरूसँग छलफल गरी अघि बढाउने बताए ।