काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आज आइतबारदेखि शुक्रबारसम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै आइतबारदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको हो।
कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।