काठमाडौं। चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।
चिलिमे हबको निर्माण पूरा भइसकेको र आगामी जेठ ४ गते उद्घाटनको तयारी रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो।
उद्घाटनको १५ दिनपछि प्रसारण लाइनको सबै काम सकिने समेत प्राधिकरणले जनाएको छ।
२८ किलोमिटर लामो प्रसारण लाइनमा ७५ वटा टावर निर्माण हुनेछन् ।अहिलेसम्म ६६ वटा टावर ठड्याइसकिएको छ भने ७ वटा टावरको जग खन्न बाँकी छ । यसका आधारमा भने अबको १ महिनाभित्र प्रसारण लाइन पूरा हुने सम्भावना न्यून देखिन्छ ।