काठमाडौं। पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–४ मा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याइएको छ। उक्त ठाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याइएको हो।
यसअघि स्थानीय तहमा निर्मित लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह हुँदै आएको थियो। पाल्पाको माथागढी हुँदै तिनाउँको सत्यवती क्षेत्रमा लाइन पुर्याई करिब ५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर विद्युतीकरण गरिएको छ ।
केन्द्रीय प्रणालीको बिजुली पुगेपछि १३३ घरपरिवारले पहिलो पटक गुणस्तरीय बिजुली बाल्न पाएको स्थानीयले बताए।