नुवाकोट | विदुर देखि २० किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाँउपालिकाको तरुकाका एक समाजसेवी जनकराज ढुंगानाले आफ्ना वुवा स्वा. युवराज ढुंगाना र आमा रोहिनी कुमारी ढुंगानाको स्मृति व्यक्तिगत खर्चमा पुल निर्माण गरेका हुन ।
जन्मेको १० महिनामै आगोले हातमा पोलेर अपाङ्ग भएका ढुंगाना गाउँमा समाजसेवीको रुपमा परिचित छन् । ढुंगानाले निर्माण गरेको पुलले सर्वसाधारणलाई आवतजावत गर्न निकै सहज भएको छ । उनले जनताको असुविधालाई सरकरले वास्ता नगरेपछि व्यक्तिगत लगानिमा पनि विकास गर्न सकिन्छ भन्ने राम्रो उदाहरण आफैले सिद्ध गरेर देखाएका छन् ।
उक्त पुलको उद्घाटन प्रदेश सभा सदस्य हिरालाल खतिवडाले गरेका हुन् । खतिवडाले उक्त ठाँउमा सरकारले ध्यान नदिएको हुदा निजि लगानिमा विकास हुनु स्वगत योग्य रहेको बताए । उनले तारुका सहित नुवाकोटको विकासका लागि ढुंगानाको योगदान महत्वपूर्ण र स्मरणयोग्य रहेको बताए । यस्ता विकाशले सरकारी निकायलाई पनि टेवा पुग्ने तारकेश्वर गाँउपालिका र वडा अध्यक्ष सम्मर वहादुर आले मगरले बताए ।
बर्खामा हावा पानिले गर्दा जोखिम लिएर हिड्ने यात्र्लाई यस पुल निर्माण भएकोले सहज रुपमा आवतजावत गर्न सुविधा पुग्ने छ ।