म्याग्दी। चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा विद्युत् सेवा विस्तार भएको हो।
नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा ट्रान्सफर्मर जडान गरी विद्युत पहुँच पुर्याइएको हो। ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको बताइएको छ।
२५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत् प्रयोग गर्न मिल्ने व्यवस्था मिलाइएको छ। ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका हुन्।