गुल्मी। जिल्लाको मालिका गाउँपालिका मर्भुङमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ। निर्माण सुरू भएको पाँच वर्षपछि शनिबारदेखि सबस्टेसन सञ्चालनमा आएको हो।
विश्व बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले ‘ग्रिड सोलार इफिसियन्सी प्रोजेक्ट’ अन्तर्गत सन् २०१७ मा ठेक्का सम्झौता भई २०१८ बाट काम सुरु गरेको थियो । कोरोना महामारी ९कोभिड–१९०, जग्गाको मुआब्जा विवाद जस्ता कारणले निर्माणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ।
सबस्टेसनमा बुटवल, पाल्पा, बीरबास हुँदै मर्भुङसम्म विद्युत् पुर्याइएको छ । यसबाट करिब २५०० घरधुरीको विद्युत् आपूर्तिको गुणस्तरमा सुधार हुने बताइएको छ।