काठमाडौं। बाँकेको नौवस्ता कारागारको बिजुली काटिएको बिजुली पुन जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले सोमबार बिहान ११ बजेदेखि काटेको बिजुली सिडिओको पत्रपछि सोमबार साँझ नै जोडिएको हो।
पटक पटक ताकेता गर्दा पनि कारागारले बक्यौता महसुल नतिरेपछि बिजुली काट्न बाध्य हुनुपरेको केन्द्रले जनाएको छ। कारगारले गत वर्ष
२०८० को साउनदेखिकै महसुल बक्यौता तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ। कारागारले जरिवानासहित १० लाख ४९ हजार ५७ रुपैयाँ २८ पैसा बक्यौता तिर्न बाँकी रहेको छ।
केन्द्रले कारागराको बिजुली काटेपछि जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले भने यथाशीघ्र बिजुली जोडिदिन आग्रह गर्दै प्राधिकरणलाई पत्र लेखेका थिए।
देशैभरका कारागारमा महसुल बक्यौता रहेकोले गृह मन्त्रालयसँग कुरा गरेर प्राधिकरणलाई कुल महसुल रकम एकमुष्ठ बुझाउन पहल गर्ने भन्दै सिडिओले पत्र लेखेका हुन्।
सिडिओको पत्र आएपछि साँझनै कारागारको बिजुली जोडिएको छ।