काठमाडौं। सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि हाल डोटीका विभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ।
केही सयम पहिले सुनसान रहेका डोटीका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। यसैगरी सडक निर्माणको शुरूआती समयमा सुनसान रहेका डोटीका बस्ती हाल सडक जोडिएपछि क्रमशः बाक्लिँदै गएका बडिकेदार गाउँपालिका–१ का एक स्थानीयले बताएका छन्। सो गाउँ सडक सञ्जालसँग जोडिएपछि सहरभन्दा बाक्लो भएको छ। सडक सञ्जालसँग जोडिएपछि सो क्षेत्रमा जग्गाको भाउँ पनि बढदै गएको छ।