बागलुङ। बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो ।
गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन्। बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रमुवावासीले अब बाह्रै महिना विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।
अघिल्लो वर्षदेखि नै रमुवामा विद्युत् पुर्याउनका लागि काम गरेपनि यस वर्ष पुगेको प्राधिकरणको भनाइ छ। रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड रकम खर्च भएको बताइएको छ।