काठमाडौं। सिन्धुपाल्चोकमा निर्माण भएको सेलाङ खोला साना जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। ९९० किलोवाटको सेलाङ खोला साना जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
आयोजनाले सबै काम पूरा गरी गत शनिबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण उत्पादन सुरु गरेको हो। आयोजनाले १५ दिनसम्म परीक्षण उत्पादन गरेपछि व्यासायिक उत्पादन सुरु हुने बताइएको छ। ‘
आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र २ को सीमा नदी सेलाङ खोलामा निर्माण भएको छ। त्यस्तै झिगुगाउँ, थापगाउँ र सेपगाउँको बीचमा आयोजना अवस्थित छ ।