म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाटमा निर्माणाधीन तीन वटा आयोजनाको काम अन्तिम चरणमा पुगेका छन्।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको जानकारी दिएका हुन्।
प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र नै विद्युत् उत्पादनको तयारी गरेको छ।
४८ मेगावाट क्षमताको अपर राहुघाटको भौतिक प्रगति ८५ प्रतिशतभन्दा बढी भएको छ। ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन।
अपर राहुघाट र मंगले राहुघाट दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युतगृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
करिब १४ अर्ब रूपैयाँ लागतमा विसं २०७७ मा मंगले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ।
ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले आगामी ३ महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको बताए ।