काठमाडौं। ४५६ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) पुनरावलोकन हुने भएको छ। बिहीबार ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको पिपिए पुनरावलोकन हुने बताएका हुन्।
गत वैशाख ४ गते मन्त्री बस्नेतको उपस्थितिमा भएको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यान्वयन गर्न बुझाएको पत्र बुझ्दै मन्त्री बस्नेतले यस्तो जानकारी दिएका हुन्।
उक्त कार्यक्रममा ७ बुँदे निर्णय गरिएको थियो। निर्णयमा अपर तामाकोसीमा ऋण लगानीकर्तालाई ऋणको ब्याज घटाउन पहल गर्ने उल्लेख छ । तामाकोसीमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र बीमा संस्थानले लगानी गरेका छन् ।