काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४०० केभी नयाँ बुटवल सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको बताएका छन्।
बिहीबार नयाँ–बुटवल सबस्टेसन निर्माणको ठेक्का सम्झौता कार्यक्रममा बोल्दै घिसिङले ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको बताएका हुन्।
उनले उक्त सबस्टेसनले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापारमा उल्लेख्य भूमिका खेल्ने तथा विद्यमान २२० केभी सबस्टेसनलाई सहयोग पुर्याउने समेत दाबी गरेका छन्।