काठमाडौं। गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ। जलविद्युत केन्द्रको नहर बन्द (क्यानल सटडाउन) भएपछि जलविद्युत आयोजनाको उत्पादन पनि पूर्ण रुपमा बन्द भएको हो।
नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको हो। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।
त्यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो ।