काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। विद्युतीय वितरण लाइन भूमिगत कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार शनिबारदेखि सोमबारसम्म काठमाडौंको हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ। त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।