काठमाडौं। स्याल्क्यु खोलामा ४.८ मेगावाटको जलविद्युत् निर्माण हुने भएको छ। मनाङको चामे गाँउपालिका र नासा गाँउपालिका भएर बग्ने उक्त खोलामा जलविद्युत् निर्माण हुने भएको हो।
एलाईन्स इनर्जी सोलुसन्स प्रालिले आयोजना निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ। कम्पनीले आयोजना अघि बढाउन आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) २०७९ जेठ २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भएको थियो ।
त्यस्तै, आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन प्रतिवेदनसमेतका विवरणहरूबारे जानकारी दिँदै विभागले सार्वजनिक सूचना जारी गरेको छ।
आयोजनाको निर्माण २०८५ जेठ ६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।