तनहुँ। १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको छ। स्थानीय वन कार्यालयसँग कुरा नमिलेकाले रुख कटानको काम सुरु नहुँदा वन क्षेत्रमा प्रसारण लाइन निर्माण प्रभावित भएको हो।
प्याकेज–३ अन्तर्गत प्रसारण लाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिइसकेको छ। तर स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम भने अघि बढ्न सकेको छैन।
प्याकेज—३ अन्तर्गत चितवनखण्डको उक्त समस्याले १८ वटा विद्युत टावर ठड्याउने काम रोकिएको आयोजनाले जनाएको छ।
हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्तर्गत ३४.७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ ।