रुकुम पश्चिम। मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र कालोपत्र गरिएको छ। बाँकी खण्डमा भने काम भैरहेको छ।
चिसो मौसमका कारण पुसमा कालोपत्रको काम बन्द हुने निर्माण कम्पनी ‘शर्मा सिंह एण्ड ब्रदर’का प्रतिनिधि विश्वास उप्रेतीले बताए। चिसो बढी हुँदा काम गर्न गाह्रो हुने गर्दछ। जसले गर्दा पुस भरि कालोपत्रेको काम रोकिने उनले जानकारी दिए।
थलहबजारस्थित खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको छ। थलहबाट दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी र केए जेभीले लिएका छन्। तोकिएको समयमा काम नहुँदा स्थानीयबासीले सास्ती भोग्दै आउनुपरेको छ।