काठमाडौ। राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ। नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारणलाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारणलाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारणलाइमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो ।