काठमाडौं। रुकुमपश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट दारेगौराका बीचमा अवस्थित भेरी नदीमा निर्माण गर्ने भनिएको भेरी पुल नौ वर्षदेखि निर्माण नहुँदा समस्या भएको छ।
निर्माणको जिम्मा पाएको कम्पनीले पुलको जग मात्र राखेर सम्पर्कविहीन भएको छ। पुलको अभावले यस स्थानमा बसोबास गर्ने स्थानीयले सास्ती भोग्दै आएका छन्।
यस्तै थलहमा पनि तीन वर्षदेखि पुल निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम गर्न सकेको छैन। पुल निर्माण अघि बढाउन तोकेता गरे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको मध्यपहाडी लोकमार्गले जानकारी दिएको छ।