काठमाडौं। १८.८० मेगावाटको तामाकोसी–५ को सिभिल निर्माण एक महिनाभित्र सुरु हुने भएको छ। सिभिलतर्फको निर्माण एक महिनाभित्र सुरु हुने तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले जानकारी दिएको हो।
कम्पनीले बैशाख २८ गते प्याकेज–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को निर्माणका लागि १२ अर्ब ९९ करोड रुपैयाँमा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन र नेपाली कुमार श्रेष्ठ निर्माण सेवा (सिनो हाइड्रो केएसएनएस जेभी) सँग सम्झौता गरेको थियो।
सम्झौता मितिबाट काम सुरु गरी ४ वर्षभित्र सम्पूर्ण काम पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्याकेज–२ (इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन) को ठेक्का पनि एक महिनाभित्र आह्वान गरिने बताइएको छ।