फुङ्लिङ। पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ। वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।
समितिले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताएको छ। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ।