काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यी शेयर खरीदका लागि जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले (जेठ ४ गते) देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।