चितवन। भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घटन गरिएको छ। शनिबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिकामा हुने विद्युत् भागमा प्रक्षेपण गरी २४सै घन्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए ।
प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको बताइन् ।