काठमाडौं। किमाथाङ्का अरुण जलविद्युत् आयोजनाको अध्ययन कार्य जारी छ। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा आयोजनास्थल रहेको आयोजनाको अध्ययन कार्य जारी रहेको हो।
आयोजनाबाट वार्षिक दुई सय ५५ दशमलव ११ करोड युनिट बिजुली उत्पादन हुन्छ। उत्पादित बिजुली १८ दशमलव पाँच किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइन मार्फत हाइटार सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।