काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि विमानस्थल केही समयका लागि बन्द गरिएको छ। धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको हो।
अहिले खाल्डो पुर्ने गर्ने काम भइरहेको बताइएको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण बन्द गरिएको हो।