गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका–७, उनाएचौरमा निर्माणाधीन १३२ केभी लाइनको सबस्टेसनको काम जेठभित्र सकिने भएको छ। सबस्टेसनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको हो।
जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको बताइएको छ। जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी गरिएको छ।
यन्त्र उपकारणलगायतका चेकजाँच भारतीय प्राविधिक टोलीले गरिरहेको छ ।
हाल बुटवलको ३३ केभीएमार्फत् गुल्मीमा विद्युत वितरण भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणको ४५ करोड रुपैयाँ लागतमा विद्युत सबस्टेसन निर्माण भएको हो। सबस्टेसन बनाउने जिम्मा सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले लिएको छ।