काठमाडौं। ९.९ मेगावाटको इवा खोला जलविद्युत् आयोजना पुनर्निर्माणपछि सञ्चालनमा आएको छ। गत वर्षको असारमा बाढीपहिरोले क्षति भएको आयोजना पुनर्निर्माणपछि आजदेखि सञ्चालनमा आएको हो।
सबै संरचनाको पुनर्निर्माण गर्न करिब ४० करोड रुपैयाँ खर्च भएको र विद्युत् उत्पादन नहुँदा बैंकको ब्याजसहित करिब ७५ करोड रुपैयाँ नोक्सान भएको आयोजनाले जनाएको छ।
ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोलामा निर्माण भएको आयोजनाबाट २०७६ सालदेखि विद्युत् उत्पादन सुरु भएको थियो । २०८० साल असारमा आएको बाढीका कारण यो सहित पूर्वका दर्जन आयोजनामा क्षति पुगेको थियो ।