काठमाडौं। आगामी आर्थिक वर्षका लागि जलस्रोत तथा सिँचाइ क्षेत्रमा ३६ अर्ब ८१ अर्ब बजेट विनियोजन गरिएको छ। आज संघिय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री पुनले जलस्रोत तथा सिँचाइ क्षेत्रमा ३६ अर्ब ८१ कराेड बजेट विनियोजन गरेको बताएका हुन्।
सिँचाइ तर्फ लम्की मुलनहर अन्तगर्त शाखा नहर निर्माण सुरु गरिने र यसका लागि दुई अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।
सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविध विस्तार गर्न डुडुवा र नरैनापुर लगायतमा शाखा नहर निर्माण गरिने जसका लागि एक अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।
बबइ सिँचाइँबाट सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ। भेरीबबइ डाभर्सन बहुउद्देश्य आयोजनाको हेडबक्स र विद्युतगृहको निर्माण गर्न दुई अर्ब बिनियोजन गरिएको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती लगायत शाखा नहर विस्तारको काम अगाडी बढाउने मन्त्री पुनले बताए।
मध्य तराईको पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको हेडबक्स पावर हाउस लगायतका संरचना निर्माण गरिने र यसका लागि तीन अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ।
बागमती सिँचाइ अयोजनाका सिँचाइ प्रणाली पुनस्र्थापना गरी ४५ हजार ६ सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउन ६८ करोड बजेट विनियोजन गरिएको छ।
कणाली प्रदेशका १० वटै जिल्लामा सञ्चालन हुने गरी एकिृत कर्णाली सिँचाइ विकास आयोजनाका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ।