काठमाडौं। सिक्टा सिँचाइ आयोजनाका लागि एक अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविध विस्तार गर्न डुडुवा र नरैनापुर लगायतमा शाखा नहर निर्माण गर्ने भन्दै एक अर्ब ६० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
त्यसैगरी लम्की मुलनहर अन्तगर्त शाखा नहर निर्माण सुरु गरिने र यसका लागि दुई अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।
बबइ सिँचाइँबाट सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ। भेरीबबइ डाभर्सन बहुउद्देश्य आयोजनाको हेडबक्स र विद्युतगृहको निर्माण गर्न दुई अर्ब बिनियोजन गरिएको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती लगायत शाखा नहर विस्तारको काम अगाडी बढाउने मन्त्री पुनले बताए।