काठमाडौं। ९ दशमलव ९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ। रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको हो।
२०८० जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्णरूपले क्षति भई बन्द भएको थियो। बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलवार अर्थात् जेठ १५ गतेदेखि पुनः पूर्णरूपले सञ्चालनमा आएको कम्पनीलेले जनाएको छ।