काठमाडौं। काठमाडौं केही स्थानमा पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध भएको छ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।
कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध भएको हो।
