कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ मा ५० प्रतिशत अनुदानमा स्यालोट्युबवेल जडान गरिएको छ। किसानलाई समूहमा आबद्ध गरेर चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको हो।
एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेका छन् । दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालोट्युबवेल जडान गरिएको वडाले जनाएको छ ।
ट्युबवेल जडानका लागि कूल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन् । स्यालोट्युवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।