सोलुखुम्बु। सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका हुँदै बग्ने होंगु खोलामा ३० मेगावाटको होंगु खोला–१ जलविद्युत् आयोजना निर्माण गरिने भएको छ।
श्री आइवी इनर्जी प्रालिले आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको हो।
आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उक्त आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) स्वीकृत भइसकेको कम्पनीले जनाएको छ । आयोजना निर्माणका क्रममा कुनै असर पर्ने देखिए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग तथा सम्बन्धित कार्यालयमा राय सुझाव पेश गर्न सूचित गरिएको छ ।