काठमाडौं। ४१.३१ मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् आयोजनामा तीन वटा बैंकले लगानी गर्ने भएका छन्। सुपर बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ३ बैंकले लगानी गर्ने भएका हुन्।
ललितपुर र मकवानपुर जिल्लालाई छुने आयोजनामा लक्ष्मी सनराइज, एभरेस्ट बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले लगानी गर्ने भएका छन्। आयोजनामा लक्ष्मी सनराइजले ३.४ अर्ब, एभरेस्टले २.५ अर्ब र सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । कुल ९ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एनएनके कन्स्ट्रक्सन मुख्य प्रवद्धक रहेका छन् ।