काठमाडौं। तमोर–मेवा जलविद्युत आयोजनाको अनुमानित लागत साढे २४ अर्ब रहेको छ। ताप्लेजुङको मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी निर्माण गर्न लागिएको १२८ मेगावाट क्षमताको आयोजनाको लागत साढे २४ अर्ब रुपैयाँ अनुमान गरिएको हो।
आयोजना निर्माणका लागि तत्कालीन संविधानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गरेका छन्। तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले शिलान्यास भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताए।
आगामी २०८५ साल असोजभित्र विद्युत उत्पादन गर्ने गरी निर्माणको कामलाई अघि बढाउने आयोजनाले जनाएको छ।