काठमाडौं। युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको स्थगित दशौं वार्षिक साधारण सभा जेठ २७ गते हुने भएको छ। कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले जेठ २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो।
सभाग कालीमाटी ब्याक्वेट कालीमाटीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ।
यस अघि २०८० चैत २९ गतेका लागि बोलाइएको साधारणसभा गणपुर संख्या नपुगी स्थगित भएको थियो ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले यस कम्पनीको शेयर लगानी रहेको युनाईटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।