दार्चुला। दार्चुलामा २ मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। त्रिकाल पावर कम्पनी प्रालिले महाकाली नगरपालिकामा आस्थित थालीगाड खोलामा आयोजना निर्माण गर्न लागेको हो ।
आयोजनाबाट २०८३ वैशाख १० गते सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ।