काठमाडौं। ढल्केबर–इनरुवा ४०० केभी उच्च क्षमताको प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनको पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा पुगेको हो।
ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न लागिपरेको आयोजनाले जनाएको छ।
पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ ।