सिन्धुपाल्चोक। स्थापना भएदेखि नै भाडाको घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ। नगरपालिकाले ७ करोड २५ लाख ४९ हजार आफ्नै लगानीबाट सो भवन निर्माण गरेको हो। निर्मित भवनको सोमवार एक कार्यक्रमबीच उद्धघाटन गरिएको छ।
आफु निर्वाचित भएर आँउदा बस्ने कोठा पनि नहुँदा सेवा प्रवाहमा निकै कठिन भएको तर अहिले भवन निर्माण भएपछि जनताको सेवा गर्न धेरै सहज हुने भएको नगरप्रमुखले बताएका छन्। हाल नगरपालिकाले सबैजसो वडा कार्यालयको भवन समेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताएका छन्।
यसैगरी नगरपालिकाका धेरैजसो शाखाका सेवाहरू नयाँ भवनबाट प्रदान गरिने जानकारी दिइएको छ भने शिक्षा, पशु सेवा, कृषि सेवा लगायतका सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिने जनाइएको छ।