सुर्खेत। कर्णाली प्रदेशको १० वटा जिल्लाका सवा दुई लाख घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेश सौर्य ऊर्जा प्रयोग गर्ने घरधुरी संख्या एक लाख ७५ हजार ३ सय ६ रहेको हो।
यहाँ जलविद्युतको पहुँचमा एक लाख ८१ हजार ६७६ घरधुरी पुगेका छन् । जलविद्युतको सम्भावनाअनुसार यहाँका अधिकांश नागरिक विद्युतीय पहुँचमा पुग्नुपर्ने भए तापनि विद्युत विकासले अपेक्षित गति नलिँदा कर्णालीका ६५ प्रशितभन्दा बढी नागरिकमा अझै विद्युतको पहुँच पुग्न सकेको छैन।