काठमाडौं। सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ आज छिचोलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मुख्य सुरुङ छेड्ने कार्यक्रम रहेको हो।
११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।
आयोजनाका अनुसार अरुण तेस्रो जलविद्युत् परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क बिजुली प्राप्त हुनेछ ।