काठमाडौं। जमुनी सिँचाइ आयोजना अन्तर्गत मोरहा पक्की बाँध निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाँधको निरीक्षण गर्दै चाँडो काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
प्रदेश सरकारको लगानीमा समपुरक अनुदानअन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले निरीक्षण गरेका थिए।
१० करोड ७४ लाख ५४ हजार लागतमा निर्माण भइरहेको पक्की बाँधबाट एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुनेछ।