काठमाडौं। धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म प्रसारण लाइन निर्माण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले गल्छीदेखि–रातमाटे ८.५ किलोमिटर लामो २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो।
प्राधिकरणले धादिङको गल्छी गाउँपालिका–८ मा रहेको मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको टावर नं. एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो। यसका लागि प्राधिकरणले अनुमति माग गरी विद्युत् विकास विभागमा आवेदन पेश गरेको छ ।यस प्रसारण लाइनबाट ११४७ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । यस आयोजना अन्तर्गत रातमाटे सबस्टेसनमा २२० केभीको बे एक्सटेन्सन समेत गरिने भएको छ ।