काठमाडौं। तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाको मर्मतपछि विद्युत् उत्पादन पुनः शुरु भएको छ । शुभम पावर लिमिटेडले सञ्चालन गरेको उक्त आयोजनाबाट विद्युत् उत्पादन पुनः शुरु भएको हो।
गत असार २ गते बाढीका कारण आयोजनाको विभिन्न संरचना क्षति भएपछि विद्युत् उत्पादन बन्द भएको थियो ।
मर्मत सम्भारपछि आयोजना पूर्णरूपमा सञ्चालनमा आई विद्युत् उत्पादन पुनः शुरु भएको कम्पनीले जनाएको छ।