काठमाडौं। ८.३ मेगावाटको माथिल्लो देउमाई साना जलविद्युत आयोजना निर्माण हुने भएको छ। इलाम जिल्लाको देउमाई नगरपालिका भएर बग्ने देउमाई खोलामा पहिचान भएको आयोजना वाटर इनर्जी सोलुसनले अघि बढाउन लागेको हो।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ। विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ।
देउमाई नगरपालिकामा बाँध बाँधी २ हजार ४ सय ८४ मिटर मिटर लामो हेडरेस पाइप र ५ हजार ९ सय ९० मिटर पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ।
आयोजनाबाट वार्षिक सरदर ४९.४० गिगावाट घण्टा विद्युत उत्पादन गरिनेछ।
आयोजनाबाट उत्पादीत विद्युत ३३ केभी लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिसापानी सबस्टेसनमा जोडिनेछ।