काठमाडौं। बुद्ध एयरले फ्लाइट अलर्ट मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा शुरु भएसँगै यात्रुले अब टिकट काटेपछि आफ्नो उडानबारे कुनै सूचना भए एसएमएसबाटै खबर पाउने भएका हुन्। यस सुविधाले यात्रुहरुमा सहज हुने आशा गरिएको छ।
विशेषगरी मौसमका कारण हुने उडान रद्द र डिले हुने अवस्था अहिले दोहोरिएको छ। यसले विमानस्थलमा भीड बढाएको छ। अब कुनै पनि कारणले उडान प्रभावित हुने भएमा त्यस्तो सूचना यात्रुको मोवाइलमै आउने सुविधाको व्यवस्था भएको हो।